जनता टाइम्स

१० मंसिर २०७७, बुधबार १५:५१

एटलान्टाको लिभरपुललाई चुनौती


काठमाडौं, मंसिर १०

च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज राति प्रिमियर लिग क्लब लिभरपुलले समूह चरणको चौथो खेल खेल्दै छ । साबिकको विजेता टोली लिभरपुलले इटालियन क्लब एटलान्टासँग प्रतिस्पर्धा गर्न लागेको हो । लिभरपुलको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः४५ मा सुरु हुनेछ । आजको खेलमा लिभरपुल सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउने योजनामा हुनेछ ।

लिगमा तीन खेल खेलेको लिभरपुल ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । आजको खेलमा जित निकाल्न सकेमा लिभरपुल १२ अंक जोडेर दुई खेलअगावै अन्तिम १६ मा रहनेछ । एटलान्टा जित निकाल्दै आफूलाई अघिल्लो चरण प्रवेशका लागि बलियो सम्भावना राख्‍ने योजनामा छ ।