गुरु भट्टराई
१. केपी ओलीले कसैको प्रभावमा नपर्ने मान्छे अख्तियार प्रमुखमा ल्याउन खोजे, यसले भोली हामीलाइ खतरा हुन्छ, त्यस कारण ओली हटाउनु पर्छ ।
२. केपी ओलीले आउँदो महाधिबेसनमा अध्यक्षमा नलड्ने ग्यारेन्टी भएन, यो हाम्रो राजनीतिक भविष्यलाइ खतरा भो । त्यसैले केपी ओलीलाइ अहिल्यै भुत्ल्याउनु पर्छ ।
३. भारत र पश्चिमाहरुले आफुलाइ दिएको जीम्मेबारी निभाउन कठीन भो, त्यसैले केपी ओली हट्नु पर्छ ।
४. केपी ओलीको लोकप्रियता अति भयो, यसले हामीलाइ छायाँमा पार्यो, त्यस कारण केपी ओली हट्नु पर्छ ।
५. कमिसनखोर, दलाल, कालाबजारी, एजेन्टहरुसंग तालमेल गरेर द्रब्य आर्जन गर्न गार्हो भो, त्यसैले केपी ओली हट्नु पर्छ ।
राजनीतिक प्रतिबेदनमा यस्ता बिषय समेटेको भए यसलाइ स्वीकार्न सकिन्थ्यो । तर मेडियामा आएका हल्ला (जुन कति पटक आफैले पनि गलत भनेको हो), बजार हल्ला, कमिसनखोर र भ्रष्टहरुले लगाएका निराधार आरोप, तथ्य, तर्क, संदर्भ केहीले पनि साथ नदिने गाली पुराण लेखेर राजनीतिक प्रतिबेदन तयार हुन्छ कामरेड ? आफ्नो भित्री डर र आशंका प्रष्ट लेख्नुस न । अनि न पत्याउछन मान्छेले । अझ तल्लो कमिटीमा पठाएको रे । तल्ला कमिटीका पूर्वएमालेहरुले त त्यस्ता प्रतिबेदन धोती लाइदिन्छन तर अब पूर्वमाओबादी पनि तपाइसंग छैनन । आफ्ना पुर्वहरु चै मसंग छन् कि छैनन भनेर नाडी छाम्न तल पठाएको होला , तर बाग्मतिमा थुप्रै पानी बगिसक्यो कामरेड यो २ बर्षमा, अब भ्रममा नबाच्नुस ।
प्रतिक्रिया दिनुहोस्