जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार ०८:०७

बिप्लव छाडने नेताको लर्को, पोलिटव्यूरो सदस्य पदम राईले रोजे सत्तारुढ नेकपा


काठमाडौं, १९ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपा माओवादीका पोलिटव्यूरो सदस्य तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईसहितका नेताहरु नेकपामा प्रवेश गर्ने भएका छन् । राईसहितका नेता कार्यकर्तालाई आज आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टी प्रवेश गराउनुहुने छ ।  आइतवार बिहान १० बजे पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष अध्यक्ष ओली र प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको नेकपा पार्टीले जनाएको छ ।

भोजपुरको बोया घर भएका राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बन्नुभएको थियो । गत निर्वाचनमा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउसमेत गरेको थियो । तर, अदालतको आदेशमा रिहा हुनुभएको थियो । राई विप्लव समूहका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत रहनुभएको थियो ।