जनता टाइम्स

११ मंसिर २०७७, बिहीबार १९:४१

नेकपा बिवादबारे कृषिमन्त्री घनश्याम भुसालको निश्कर्ष : भदौं २६ को निर्णयलाई टेकेर अगाडि बढनुपर्छ


काठमाडौं, मंसिर ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री घनश्याम भुसालले भदौं २६ गतेको निर्णयलाई टेकेर अघि बढदा पार्टीभित्रको समस्या समाधान हुने बताउनु भएको छ । पार्टीभित्रको बिवाद बढदै गई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच दुरी बढिरहेको बेला समाधानको सुत्रका रुपमा भुसालले भदौं २६ लाई टेकेर नै समस्याको समाधान हुने बताउनु भएको हो ।

‘भदौ २६ लाई टेकेर अगाडि बढ्नुपर्छ । यसको व्याख्या पछि गरौंला । अस्ति जहाँ टेक्यौं, त्यसले मात्रै पुग्दैन । त्योभन्दा अलग्गै पनि केही हुँदैन । पार्टीले यही गर्छ भन्ने लाग्छ,’ अनलाइन खवरसँगको अन्तरवार्ताका क्रममा मन्त्री भुसालले भन्नुभएको छ । मन्त्री भुसालले पार्टी बिवाद समाधान गर्ने बिषयमा सचिवालयका नेताहरु गम्भीर नबने स्थायी कमिटीबाटै अर्कै प्रस्ताव आउने संकेतसमेत गर्नुभएको छ । ‘अहिलेसम्म हामी सचिवालयलाई पर्खिरहेका छौं । त्यहाँ भएन भने हामी (स्थायी कमिटी) ले मजाले पार लगाउँछौं । बखुबी पार लगाउँछौं । सचिवालय एउटा वैधानिक ठाउँ भएकाले मानेका हौं,’ भुसालले भन्नुभएको छ ।

मन्त्री भुसालले मंसिर १८ मा बोलाइएको स्थायी कमिटी बैठक अगावै समस्या हल भएन भने स्थायी कमिटीको तर्फबाट समाधानको प्रस्ताव ल्याउने घोषणासमेत सो अनलाइनको अन्तवार्तामा गर्नुभएको छ । ‘स्वभावैले ल्याउँछौं । मिति त नभनौं, तर बखुबी ल्याउछौं,’ भुसालले भन्नुभएको छ । मन्त्री भुसालले अव सचिवालयले आफ्नो औचित्य पुष्टि गर्ने दिन आएको भन्दै बिवाद समाधान नगरे औचित्य सकिने बताउनु भएको छ ।

‘सचिवालयकै पनि औचित्य बाँकी छ भने यो यसपटक पुष्टि गर्नुपर्छ,’ मन्त्री भुसालको भनाई छ, ‘सचिवालयले यस्तो प्रस्ताव ल्याओस्, जसले पार्टी एकता बचाउँछ र हामीलाई अग्रगमन पनि दिन्छ । एकता बचाएर, यसलाई दहजस्तो बनाएर मात्रै पनि राख्दैन, यसले बाटो पनि खुल्नुपर्छ ।’ 

‘सचिवालयकै पनि औचित्य बाँकी छ भने यो यसपटक पुष्टि गर्नुपर्छ,’ मन्त्री भुसालको भनाई छ, ‘सचिवालयले यस्तो प्रस्ताव ल्याओस्, जसले पार्टी एकता बचाउँछ र हामीलाई अग्रगमन पनि दिन्छ । एकता बचाएर, यसलाई दहजस्तो बनाएर मात्रै पनि राख्दैन, यसले बाटो पनि खुल्नुपर्छ ।’ नेता भुसालले अध्यक्षद्वय ओली–प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल अरुको उक्साहटमा लाग्न नहुने बताउनुभएको छ । ‘ओली कमरेड, प्रचण्ड कमरेड, माधव कमरेडहरु उकास्नेहरुको पछाडि लाग्नु हुन्न,’ भुसालको भनाई छ ।