जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १६:३०

१०४६० जनाको पिसिआर परीक्षण गर्दा १७०३ मा देखियो कोरोना, थप २३ को मृत्यु


काठमाडौं, मंसिर १२

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन्।

योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ। आज देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ३५ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घन्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ।