जनता टाइम्स

१५ मंसिर २०७७, सोमबार १३:२४

४ जना कोरोना संक्रमितको पोखरामा मृत्यु


कास्की, मंसिर १५

कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना र चरक मेमोरिय अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–३ का ६५ वर्षीय पुरूषको उपचारको क्रमममा आइतबार दिउँसो मृत्यु भएको उहाँले बताउनुभयो । उहाँमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा महानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको प्रतिष्ठानमा आइतबार राति मृत्यु भएको उहाँले बताउनुभयो । उहाँमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखराकै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६७ वर्षीय पुरूषको उपचारको क्रममा आज विहान मृत्यु भएको डा. शर्माले बताउनुभयो । उहाँमा पनि मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–१६ की ५७ वर्षीया महिलाको उपचारको क्रममा आजै विहान मृत्यु भएको उहाँले बताउनुभयो । उहाँमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।