जनता टाइम्स

१५ मंसिर २०७७, सोमबार १५:०४

धनगढीमा अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण


धनगढी, मंसिर १५

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले सेती प्रादेशिक अस्पताललाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गर्नुभएको छ । कोकाकोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

सो अवसरमा उहाँले कोभिडको संक्रमण अझ फैलन सक्ने भएकाले थप सजग हुँदै तयारीलाई बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

हस्तान्तरण गरिएका सामग्रीमा एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५ सय जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २ सय थान र २५ थान सुरक्षा चस्मा वटा छन् । यसअघि पनि गत असारमा पहिलो चरणमा मास्क, सुरक्षा बुट, स्यानिटाइजर, क्लोरिन झोल र साबुन अस्पताललाई उपलब्ध गराइएको थियो ।