जनता टाइम्स

१६ मंसिर २०७७, मंगलवार ०७:५१

भक्तपुरमा स्कुटर दुर्घटना : एक जनाको मृत्यु


मंसिर १६ । भक्तपुरको एसओएस चोकमा स्कुटर पल्टि‌ँ‌दा चालकको ज्यान गएको छ । गएराति सवा १० बजे थिमि नगरपालिका वडा नम्बर ४ मा पर्ने एसओएस चोकमा बा ७३ प ३८२ नम्बरको स्कुटर पल्टिँदा भक्तपुरमै बस्ने २९ वर्षका राजु तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।