काठमाडौं, मंसिर १६ । पछिल्लो २४ घण्टामा १३ सय ४ जना कोरोना भाइरसको संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरै थपिएका १३ सय ४ सहित कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।
यस्तै मन्त्रालयका अनुसार मंगलबार २ हजार ७३ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ। यस्तै आज कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ।
देशभर क्वारेन्टिनमा ६१६ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ६३३ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३७० जनाको आइसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्