काठमाडौं, मंसिर १७
पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण गर्दा देशभर १ हजार ४९० जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ। आज देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ३८ जना संक्रमितको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्