जनता टाइम्स

२० मंसिर २०७७, शनिबार १७:००

नेकपाको सचिवालय बैठक सकियो, यस्तो छ निर्णय


काठमाडौं, मंसिर २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीमा देखिएको संकट समाधानका लागि स्थायी कमिटीमा सवै प्रस्ताव लैजाने निर्णय गरेको छ ।

नेकपाको स्थायी कमिटी बैठक भोलि आइतवार केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । सो बैठकमा सचिवालयमा प्रस्तुत दुवै अध्यक्षको प्रस्ताव प्रस्तुत हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आजको सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल,प्रचण्डबीच एक्लाएक्लै बार्ता भएको थियो ।

दुई अध्यक्षबीचको छलफलपछि बसेकोसचिवालय बैठकले स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमा भोलि नै बस्ने र सो बैठकमा सचिवालयमा प्रस्तुत प्रस्तावहरु लैजाने निर्णय गरेको हो ।