जनता टाइम्स

२० मंसिर २०७७, शनिबार १९:२९

नम्रताले जितिन् मिस नेपालको उपाधि


काठमाडौं, मंसिर २०

मिस नेपाल वर्ल्ड–२०२०को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् ।

पेशाले किनरगार्डेन टिचर रहेकी उनले अन्तिम राउन्डका ५ जना प्रतिस्पर्धीलाई जित्न सफल भएकी हुन् । यस्तै, मिस नेपाल इन्टरनेसनल–२०२० सन्ध्या शर्मा र मिस नेपाल अर्थ–२०२० सुप्रिया श्रेष्ठ भएका छन् ।