जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार १४:१८

‘मारुनी’ चलचित्रको पोस्टर सार्वजनिक, यस्तो देखियो साम्राज्ञीको रुप


काठमाडौं, जेठ १९

‘मारुनी’ चलचित्रको दुई वटा पोस्टर सार्वजनिक भएसँगै साम्राज्ञीको दमदार रुप देखिएको छ । भदौ १३ बाट रिलिज हुने मारुनीमा पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह फिचर्ड रहनुभएको छ । सार्वजनिक पोस्टरमा उहाँहरुको केमेस्ट्री निकै दमदार र रोमान्टिक देखिएको छ ।

केहि हप्ताअघि मात्रै छायांकन समाप्त भएको फिल्म मारुनी हाल सम्पादन कार्यमा छ। पुनम इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण हुने फिल्ममा पुनमसंगै अजय पोखरेल र राजा प्रधानको पनि लगानी रहेको छ। फिल्ममा पुस्प र सम्राज्ञीसंगै रेबिका गुरुङ, सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ र बाल कलाकारमा सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी रहेका छन ।

नवल नेपालको निर्देशन र गोविन्द फुयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ। सञ्जय लामाले यस फिल्म खिचेका हुन् भने मित्र डी गुरुङले सम्पादन गरीरहेको छ।