काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मंगलवार सर्वदलीय बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बस्ने सर्वदलीय बैठकमा समसामयिक विषयहरुमा छलफल हुने जानकारी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईले जानाकारी दिनुभयो ।
सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने छ । मुलुकमा बढ्दो कोरोनाको संक्रमण र गणतन्त्र विरोधी तत्वहरु सलबलाईरहेको बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नुलाई महत्वपूर्ण मानिएको छ ।













प्रतिक्रिया दिनुहोस्