जनता टाइम्स

२३ मंसिर २०७७, मंगलवार १३:११

प्रिमियर लिगको पाँचौ स्थानमा साउथह्याम्टन


काठमाडौं, मंसिर २३

प्रिमियर लिग फुटबलको साउथह्याम्टन पाँचौ स्थानमा उक्लेको छ । सोमबार राति भएको खेलमा साउथह्याम्टनले ब्राइटनलाई पराजित गर्दै तालिकाको पाँचौ स्थानमा उक्लन सफल भएको हो । साउथह्याम्टनले घरेलु टोली ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै आफूलाई लिगमा बलियो बनाएको हो । साउथह्याम्टनलाई जित दिलाउन जानिक भिटेग्राड र डे्नी इन्गासले एक–एक गोल गरे । उता ब्राइजटनका लागि पास्कल ग्राबले एक गोल गरे ।

खेलको २६ औं मिनेटमा ब्राइटनका लागि पास्कल सकलको पेनाल्टी गोलमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा वेस्टरगार्डले पाहुना टोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ८१ औं मिनेटमा इन्गासले गोल गर्दै साउथह्याम्टनलाई जित दिलाए । जितपछि साउथह्याम्टन २० अंकसहित तालिकाको पाँचौं स्थानमा छ । ब्राइटन १० अंकसहित तालिकाको १६ औं स्थानमा छ ।