जनता टाइम्स

२३ मंसिर २०७७, मंगलवार १९:२४

कर्मचारीलाई सञ्चारमन्त्री गुरुङको बटमलाइन : काममा परिणाम दिने कि बिदा लने ? आफै च्वाइस गर्नाेस


काठमाडौं, मंसिर २३ । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ध्यान केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।  सञ्चारमन्त्री गुरुङले मन्त्रालयको गरिमा कायम हुने गरी इमान्दार, स्वाभिमान र जिम्मेवार भएर कामगर्न पनि कर्मचारीहरुलाई सचेत गराउनु भयो ।

‘चालूू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन म मन्त्रालय अन्तरगतका सबै निकायलाई आग्रह गर्दछुु’, मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७७÷७८ मा संचालित कार्यक्रमहरुको प्रथम चौंमासिक समिक्षा र मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई समापन गर्दै मन्त्री गुरुङले भन्नुभयो, ‘सूचना र प्रविधिको माध्यामबाट मुलुुकलाई समृद्ध बनाउन पनि चालू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान जोड दिनु पर्दछ ।’

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले टालटुुले प्रवृत्तिबाट हुने कामले ‘समृद्ध नेपालः सुुखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न नसकिने उल्लेख गर्दै नागरिक प्रतिजवाफदेही हुने गरी कार्य सम्पादनसहित कर्मचारीहरुले इमान्दारका साथ काम गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले कार्यविधि, नियमावली, निर्देशिकाहरु विकास आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउन बाधक बन्न नहुने पनि स्पष्ट पार्नु भयो ।

मन्त्री गुुरुङले मन्त्रालयको गरिमालाई उच्च बनाउने गरी गेमचेन्जर प्रोग्राम छनौटको कामलाई ढिलाई गर्न नहुने पनि सचेत गराउनुभयो । आम सञ्चार, दूूर सञ्चार, सूचना प्रविधिको क्षेत्रमा गेम चेन्जर प्रोग्रामको छनौट गरी अघि बढाउन लागि पर्ने मन्त्री गुरुङको भनाई थियो । ‘टालटुले प्रबृत्ति त्यागेर काममा परिणाम दिनैपर्छ, यस्को कुनै किबल्प छैन, अव सवैले प्रष्ट हुनुपर्छ र च्वाइस गर्नुपर्छ, काममा परिणम दिने कि बिदा लने ?’ मन्त्री गुरुङको भनाई थियो ।

मन्त्री गुरुङले सूूचना र प्रविधिको विकासमार्फत दीगो विकास लक्ष्य हासिल हुनेगरी मुलुकलाई समृद्ध बनाउन मातहतका सबै निकाय क्रियाशील हुनुपर्ने बताउनु भयो । राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले महालेखा परीक्षकको कार्यालयले निर्देश गरे अनुसार काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई आग्रह गर्नु भयो । उहाँले मुलुकको सुशासन र विकासका लागि बाधक नहुने गरी कार्यविधि, निर्देशिका र नियमावलीहरु बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तोकिएको समय अगाडि नै सम्पन्न हुने गरी कामगर्न मातहतका कर्मचारीहरु आग्रह गर्नु भएको थियो ।