जनता टाइम्स

२५ मंसिर २०७७, बिहीबार ०९:४२

नेकपा नेता एवं पूर्वराजदूत कमान सिंह लामाको निधन


काठमाडौँ, २५ मंसिर । कोरोना संक्रमणबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व सांसद एवं दक्षिण कोरियाका लागि पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । पछिल्लो समय लामालाई कोरोना संक्रमण भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको गएराति निधन भएको काभ्रेका सांसद गंगा बहादुर तामाङले जानकारी दिनुभयो ।

सुगर र प्रेसरको बिरामी समेत रहेका पूर्वराजदूत लामाले फेसबुकमार्फत आफूलाई कोरोना लागेको भन्दै अस्पताल भर्ना भएको फोटो फेसबुकमा पोष्ट गरेका थिए । काभ्रेको चौरीदेउराली गाउँपालिका घर भएका लामा २०४८ र २०६३ मा सांसद भएका थिए । दक्षिण कोरियामा राजदूत भएर फर्किएपछि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिमा सक्रिय थिए । उनी नेकपाका केन्द्रीय सदस्य हुन् ।