काठमाडौं, मंसिर २५ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले भेटबार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भाजपाका बिदेश बिभाग प्रमुख चौथाइवाले भेटबार्ता गर्नुभएको हो ।
भारतीय बिदेश सचिव नेपाल भ्रमणमा आएको दुई सातापछि प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिनुहुने बिदेश बिभाग प्रमुख चौथावाई नेपाल भ्रमणमा आउनु भएको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमि फिर्तालगायतका सीमा समस्या समाधानको बिषयमा दुई देशबीच संवाद चलिरहदा चौथावाईको नेपाल भ्रमणलाई अर्थपुर्ण रुपमा लिइएको छ ।
नेपाल भ्रमणमा आएलगत्तै चौथावाईले आज प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नुभएको हो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार भेटमा दुई देशको बीचमा जनस्तरमा रहेको सम्बन्धलाई सुदढ बनाउने विषयमा कुराकानी भएको छ । भेटमा अर्थमन्त्री बिष्णु पौडेलसमेत सहभागी हुनुभएको थियो ।
भाजपाका बिदेश बिभाग प्रमुख चौथाइवाको नेपाल भ्रमणलाई भारतीय प्रधानमन्त्री मोदीले दोस्रो पटक पठाउनु भएको दुतका रुपमा अथ्र्याइएको छ । यसअिघ नेपाल र भारतबीच संवादहीनता देखिँदा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखलाई मोदीले आफ्ना बिशेष दूतका रुपमा नेपाल पठाउनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्