काठमाडौं, मंसिर २५
सरकारले नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई एआइजीमा बढुवा गरेको हो ।
नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि कायमै रहे पोखरेलले हालका एआइजी शैलेश थापा क्षत्रीको कार्यकालपछि ११ महिना प्रहरी नेतृत्व सम्हाल्नेछन् । मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्