काठमाडौं, मंसिर २५
कोरोना संक्रमणका कारण नेकपाका नेता एंव पूर्वराजदूत कमानसिंह लामाको निधन भएपछि एउटा विषय अहिले सर्वाधिक चासोको विषय बनेको छ । निधन हुनुभन्दा ६ दिन अगाडी एउटा निक्कै भावुक र आफ्नो पिडा कमानसिंहले सामाजिक सञ्जालमा राख्नु भएको थियो ।
त्यसमा आफ्नो कान्छी श्रीमति (इन्द्रमाया) र आर्थिक कारोबारका विषयमा खुलेर भन्नु भएको छ । यद्यपी उहाले त्यहा कसैको नाम इंगित नगरेपनि कति दुख दिएका थिए भनेर उहाले व्यक्त गरेका शब्दमा सजिलै थाहा हुन्छ । मृत्यु भएकै दिन ‘सनराइजखबर’ नामक अनलाईन पोर्टलले एउटा सानो भिडियो र अडियो सार्वजनिक गरेको छ ।
भिडियोमा कमानसिंह र नारायणकाजीबीच आर्थिक कारोबारको व्यवस्थापनका विषयमा छलफल भएको प्रष्ट बुझिन्छ । तर, त्यो भिडियो कहिलेको हो भनेर खुलाइएको छैन । कमानसिंह र नारायणकाजीसँगको संवादमा अढाई करोड रुपैयाँको प्रसंग बारम्बार आउछ । लेनदेनमा नारायणकाजीले सुसन नामकी महिलाको नाम लिदै दुवै जना आफ्नो मान्छे पनि बताउनु हुन्छ । कमानसिंहले मृत्युको ६ दिन अगाडी आर्थिक कारोबारका बारेमा भन्नु र यो अडियो टेप बाहिर आउनुले नारायणकाजी समेत यो विषयमा मुछिनु भएको छ । यसविषयमा उहाले नै यर्थाथता बाहिर ल्याउनुपर्ने अवस्था भने अब आएको छ ।
यस्तो छ अडियो













प्रतिक्रिया दिनुहोस्