जनता टाइम्स

२६ मंसिर २०७७, शुक्रबार १९:५८

आइजीपीसामू भावी आइजीपीले गरे कठोर प्रतिज्ञा


काठमाडौं, मंसिर २६ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) मा बढुवा हुनुभएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को बिहीवारको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डिआइजी) बाट एआइजीपीमा बढुवा हुनुभएका पोखरेललाई प्रहरी प्रधान कार्यालयमा आज बिशेष समारोहको आयोजना गरी दज्र्यानी चिन्ह प्रदान गरिएको हो । पोखरेलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एआइजीपीको दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिनुभयो । संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई आगडि बढ्नुपर्ने उहाँको भनाई थियो ।

उक्त अवसरमा पदोन्नति एआइजी पोखरेलले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई पदोन्नति गरेको भन्दै उक्त विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।