काठमाडौं, मंसिर २७
नेपाली कांग्रेसबाट संविधान सभा सदस्य बन्नु भएकी नेतृ कौशर शाह नेपाल कम्युनिष्ट पार्टी प्रवेश गर्नुहुने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा उहाँलाई अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टीमा स्वागत गर्नुहुने उहाको सचिवालयले जानकारी दिएको छ ।
नेपाल विद्यार्थी संघ पद्यकन्या क्याम्पसबाट नेविसंघको सहयोगीको रुपमा काम गर्नुभएकी शाह २०५८ सालमा नेपाली काँग्रेसमा क्रियाशिल रुपमा लाग्नुभएको थियो । काठमाडौँ महानगरपालिका, नेपाली काँग्रेसको नगर सदस्य, काठमाडौँ क्षेत्र नं ६ को कोषाध्यक्ष, मुस्लिम संघको केन्द्रीय उपाध्यक्ष हुँदै समानुपातिक उम्मेदवार बन्नुभएको थियो ।
दोस्रो संविधानसभाको निर्वाचन २०७० को निर्वाचनबाट नेपाली काँग्रेसको मुस्लिम कोटाबाट संविधान सभा सदस्य तथा व्यवस्थापिका संसद सदस्य हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्