काठमाडौँ, मंसिर २७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको आर्थिक कारोबारको संवादमा आफुलाई फसाउन खोजिएको बताउनु भएको छ । उहाले आफु भ्रष्टचारविरुद्धको आन्दोलनमा लागेकाले आफुलाई फसाउन यी चालहरु चालिएको भनेर पन्छिन खोज्नु भएको छ । तर, उहाले सो सम्वादमा कुन आर्थिकको विषय र त्यसमा आफुले कसरी मिलाउन खोजेको भनेर केही खुलाउन चाहानु भएको छैन ।
उहाले अरुहरुको आर्थिक पाटो मिलाउन मात्र खोजेको भन्नु भएको छ । तर, सार्वजनिक भएको अडियो राम्रोसँग सुन्ने हो भने उहाले मिलाउन खोजेको होइन्, त्यसमध्येको एक पक्ष उहापनि रहेको स्पष्ट रुपमा खुल्छ । लामाले ८ करोडको कारोबारमा साढे दुई करोडको हिसाब नमिलेको भन्दै बारम्बार भन्दै गर्दा सुसनको पक्ष लिएर श्रेष्ठ आफैले डिल गरेको स्पष्ट सुन्न सकिन्छ । ‘३० प्रतिशत र ७० प्रतिशत भो होइन्, त्यो ७० प्रतिशत उसले अन्ततिर राख्नेगरी काम गर्न दिनुहोस् न । उसको मिलाउने कुरा मिलाइदिनु होस् न के ?’, सार्वजनिक भएको अडियोमा श्रेष्ठले भन्नुभएको छ । त्यसलगत्तै लामाले के म चाँही ब्याज तिरेर बस्ने ? भन्दै प्रतिप्रश्न गरेको सुनिन्छ ।
प्रवक्ता श्रेष्ठले फेरी भन्नुहुन्छ, ‘त्यो बैंकमा हामीले तिरिदिने हो भने त २ करोड ५० लाख मध्ये दुई करोड तिरियो ५० लाख पो दिन्छम त हामी ।’ उहाको भनाईको प्रतिवाद गर्दै लामाले अगाडी भन्नुहुन्छ, ‘५० लाख होइन्, त्यस्तो कुरा होइन् । राम्रोसँग हेरे भयो ।’ प्रवक्ता श्रेष्ठले यहाँ स्पष्ट रुपमा हामी भनेर आफुलाई पनि समावेश गराउनु भएको छ ।
स्रोतका अनुसार नारायणकाजीको आर्थिक कारोबार सुशनले हेर्दै आउनु भएको बताइएको छ । कुनै आम्दानी नभएको मान्छे नभए काठमाडौं उपत्यकामा कसरी टिक्न सक्छ । कुनै समय सार्वजनिक सवारी साधनमा हिड्ने भनेर फोटो खिचाउने श्रेष्ठ अहिले कुन गाडीमा हिड्नु हुन्छ, त्यो सबैले देखेकै छन् । आम्दानी नभएको व्यक्ति त्यत्ति महंगो गाडीमा कसरी हिड्न सक्छ । अझ उहाले त राष्ट्रिय सभा सदस्यका रुपमा पाउने मासिक तलब समेत लिनु भएको छैन ।












प्रतिक्रिया दिनुहोस्