जनता टाइम्स

२८ मंसिर २०७७, आईतवार ०३:३३

कांग्रेसको आन्दोलन चुच्चे नक्साबिरुद्ध भएको खुलासा, यसरी खुल्यो भारत खुसी पार्ने योजनाको पोल


काठमाडौं, मंसिर २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्दोलन सरकारबिरुद्ध नभई भारतलाई खुसी पार्न आयोजना गरिएको तथ्य खुलेको छ । कांग्रेसले सरकारको सर्वसत्तावादबिरुद्ध भन्दै भोलि देशभर प्रदर्शनको घोषणा गरेको छ ।

तनहुँमा किशान श्रेष्ठसँग भारी मतले हार्नुभएको बरिष्ठ नेता रामचन्द्र पौडेलले पुल उदघाटन गर्नैपर्ने जिद्दीका कारण बिवाद भई प्रहरीले सुरक्षाका लागि चौकी पुर्याउँदा धन्यवाद दिनको साटो सोही बिषयलाई लिएर कांग्रेसले भारतलाई खुसी पार्न नयाँ नक्साबिरुद्ध आन्दोलन गर्न लागेको स्रोतले बतायो । कांग्रेसभित्रका भारत पक्षधर युवा नेताहरुको जोडबलमा देशभर प्रदर्शन गर्न सभापति शेरबहादुर देउवालाई सहमत गराई सर्वसत्तावादको नाममा कांग्रेसकै समेत सहभागितामा संसदबाट सर्वसम्मत पारित गरेको नेपालको नक्साबिरुद्ध प्रदर्शन गर्न लागिएको हो । जस्को पुष्टि कांग्रेसले आन्दोलनमा प्रयोग गरेको प्रचार सामाग्रीले गरेको छ ।

राष्ट्रिय झण्डाका साथ कांग्रेसका पाँच नेताको फोटो र पार्टीको झण्डा राखेर बनाइएको ब्यानरमै कांग्रेसले नयाँ नक्सा राखेको छैन । उस्ले गत जेठमा संसदबाट पारित भएको कालापानी,लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा नराखी भारतले भनेको पुरानो नक्सा राखेको छ । हेर्नाेस प्रवक्ता बिश्वप्रकाश शर्माले सार्वजनिक गर्नुभएको यो तस्विर ।

कांग्रेसको एउटा समुह जसरी पनि नक्सा पारित नहोस भनेर लागेको थियो । जस्को खुलासा युवा नेता चन्द्र भण्डारीले गरिसक्नु भएको छ । भारतको गोटी बनेर आफ्नो पार्टीका नेताहरु नक्साबिरुद्ध लागेको थाह पाएपछि त्यसबेला भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन एक नेताका साथ बालुवाटार पुग्नुभएको थियो । उहाँले नक्सा पारित हुन नदिन आफ्नै पार्टीका नेताहरु लागको भन्दै सभापति शेरबहादुर देउवादेखि राष्ट्रवादी नेताहरुको नामै किटेर संसदमा पेश गर्नुअघि भेटन सुझाउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले भण्डारीको सुझावअनुसार कांग्रेसका सभापति देउवाका अतिरिक्त झण्डै एक दर्जन नेताहरुलाई छुट्टाछुट्टै छलफल गरी नक्सा पारित गराउन सहमत गराउनु भएको थियो । राष्ट्रियताको सवालमा कांग्रसले साथ पाएर नक्सा पारित भएपछि भारत परस्त नेताहरुले मंसिर २९ को प्रदर्शनलाई नक्साबिरोधी प्रदर्शनको रुपमा प्रयोग गरेका हुन । उनीहरुले भारतीय संस्थापन पक्षलाई पुरानो नक्ससहितको ब्यानर पठाएर आफूहरुले भनेअनुसार नक्साबिरुद्ध देशभर प्रदर्शन गर्न लागेको प्रमाणसमेत दिएको स्रोतले बतायो ।