जनता टाइम्स

२८ मंसिर २०७७, आईतवार १२:१८

५० किलो चरेससहित एकजना पक्राउ


काठमाडौं, मंसिर २८

सशस्त्र प्रहरी बल, लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको टोलीले धादिङबाट ५० किलो चरेसहित एकजनालाई पक्राउ गरेको छ । शनिबारराति चरेससहित धादिङको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षिय दीपक मगरलाई सशस्त्रको टोलीले पक्राउ गरेको हो । थार्के गाउँपालिका १ खयरघारी स्थित पूर्व–पश्चिम लोकमार्गबाट उनलाई पक्राउ गरेको हो ।

बा २१ प ८७६ नम्बरको मोटरसाइकलमा सवार मगरले तीनवटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेस भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।

उनले प्रयोग गरेको उक्त मोटरसाइकलसमेत एपीएफ टोलीले बरामद गरेको छ । उक्त चरेश लिएर गल्छीबाट खयरघारीतर्फ जाँदै गरेका मगरलाई एपीएफ टोलीले फेला पारेको थियो । उनलाई राति नै आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गजुरीमा बुझाइएको छ । उक्त चरेस धादिङको गोगनपानीबाट काठमाडौंमा ल्याउन खोजिएको अनुसन्धानबाट खुलेको छ ।