काठमाडौं, मंसिर २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एक मात्र निर्णय गर्दै पुस एक गते बस्ने गरी सकिएको हो ।
आजको बैठकले पार्टी केन्द्रीय सदस्इ तथा पूर्व सांसद एवं राजदुत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले लामाको निधनले नेपाली कम्युनिष्ट आन्दोलनमा गम्भीर क्षती पुगेको बताउनुभएको थियो भने उहाँले पार्टीमा दिनुभएको उजुरीबारे आफ्नो धारणा राख्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ नै सही रहेको र लामा गलत रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले बैठकमा लामाको उजुरीलाई लिएर प्रवक्ता श्रेष्ठमाथि आक्रमण भएको भन्दै त्यस्तो प्रचारको बिश्वास नगर्न पनि सवै नेताहरुलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मासमेत सहभागी हुनुभएको बैठकले लामाप्रतिश्रद्धाञ्जली अर्पण गरेको छ ।













प्रतिक्रिया दिनुहोस्