जनता टाइम्स

२८ मंसिर २०७७, आईतवार १८:२६

रौतहट बम काण्डमा आलमलाई अर्को झट्का : उनका भाई पनि कारागार चलान


काठमाडौं, मंसिर २८

रौतहटको राजपुर बम काण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी शिद्धिविक्रम शाहका अनुसार हत्या आरोपमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइलाई आइतबार पूर्वपक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला अदालतका अनुसार मुख्य अभियुक्तको आरोप लागेकालाई धरौटीमा रिहा गर्न नसकिने भन्दै अदालतले पूर्पक्षका लागि थुनामा पठाएको हो । पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइलाई आदलतको आदेशपछि आइतबारै पूर्पक्षका लागि कारागार चलान गरिएको छ । प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी टोलीले मंसिर २४ गते पक्राउ गरेको थियो ।