जनता टाइम्स

२९ मंसिर २०७७, सोमबार ११:३५

ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात


काठमाडौँ, मंसिर २९  ।   ग्लोबल आइएमई बैंकले ६ वटा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका, धनुषा जिल्लाको नगराइन नगरपालिका फुलगामा, दैलेख जिल्लाको दुल्लु नगरपालिका तथा भैरवी गाउँपालिकामा, बाग्लुङ जिल्लाको बाडिगड गाउँपालिका सिमालचौरमा, र पाँचथर जिल्लाको याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या दुई सय ३८ पुगेको ग्लोबल आइएमई बैंकले जनाएको छ । बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिका–२, ओयाकजुङमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा चन्द्र कला ढकाल, धनुषा जिल्ला नगराइन नगरपालिका–४ फुलगामा राज कुमार शाह, दैलेख जिल्ला दुल्लु नगरपालिका–७ दुल्लु बजारमा दामोदर उपाध्यायलाई प्रतिनिधिको रुपमा नियुक्त गरेको छ ।

यस्तै दैलेख जिल्ला भैरबी गाउँपालिका–५, दादिमाडी बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा बखतबहादुर शाही, बाग्लुङ्ग जिल्ला बाडिगड गाउँपालिका–२ सिमालचौरमा होमनाथ खराल र पाँचथर जिल्ला याङवरक गाउँपालिका–१ गणेश चोकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामिण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीस होमरसीडीएमएरयूटीएलरएनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको दुई सय ६४ शाखा सञ्जाल सहित दुई सय ३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ । यस्तै बैंकले दुई सय ३८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।