जनता टाइम्स

२९ मंसिर २०७७, सोमबार १२:५४

यता पनि प्रमाणित भयो माधव नेपालको इमान


घर मर्मत खर्च भन्दै राज्यकोषबाट लिइरहेछन मासिक ९ हजार, एउटै प्रमाणले खोलिदियो इमान हराएको पोल

काठमाडौं, मंसिर २९ । सत्तारुढ कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नै मासिक ९ हजार घर मर्मत खर्च बुझिरहनु भएको तथ्य बाहिर आएको छ । संसद सचिवालयको तथ्यांकले इमानको प्रतिमुर्तिका रुपमा प्रचार गर्दै आउनुभएका पूर्वप्रधानमन्त्री नेपालले मासिक रुपमा ९ हजार रुपैया घर मर्मत खर्च लिँदै आउनु भएको पाइएको हो ।

पूर्वप्रधानमन्त्री नेपालको कोटेश्वरमा घर छ । तात्कालिन समयमा नेकपाकै बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले खरिद गर्नुभएको जग्गासमेत आफ्नो नाममा रहेको भन्दै नदिनुभएका बरिष्ठ नेता नेपालले मासिक ९ हजार घर मर्मतका लागि सरकारबाट बुझदै आउनु भएको हो । ‘उहाँले नियमित रुपमा घर मर्मत खर्च बझिरहनु भएको छ,’ संसद सचिवालय आर्थिक प्रशासन शाखाका एक कर्मचारीले जनताटाइम्ससँग भने ।

संघीय संसदका पदाधिकारीको सुविधा सम्बन्धी ऐन, २०७३ को दफा ६ को उपदफा १ मा संघीय संसद सदस्यलाई आवासको निमित्त सरकारका तर्फबाट सरकारी घरको बन्दोबस्त गरिने भनिएको छ । सरकारी घरको बन्दोबस्त नहुँदासम्म काठमाडौं उपत्यकामा घर नभएका सांसदलाई मासिक १८ हजार आवास सुविधा बापत दिने उल्लेख छ । पदाधिकारी (सभामुख र राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता, सत्ता पक्षको नेता, उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष, दलको प्रमुख सचेतक, सत्तापक्षको सचेतक, विपक्षी दलको सचेतक) ले भने १८ हजारभन्दा बढी पाउने व्यवस्था छ ।

सोही दफाको उपदफा २ मा भनिएको छ– उपदफा ९१० मा जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौं उपत्यकामा घर हुने पदाधिकारी वा सदस्यलाई आवास मर्मत र सम्भार बापत सो उपदफा बमोजिमको रकमको आधा (सांसदलाई नौ हजार) रकम दिइनेछ । नेता नेपालले यही ऐन अनुसार आवास मर्मत र सम्भारका लागि सर्वसाधरण जनताले तिरेको करबाट खर्च लिनभएको हो । यो तथ्यले पाएसम्म कुनै सुविधा नछाड्ने प्रवृतिको एक दृष्टान्त पनि बन्न पुग्नुभएको छ बरिष्ठ नेता नेपाल । माधव नेपालले समेत राज्यकोष नछाडेपछि उहाँकै सिको गर्दै बिनोद चौधरीदेखि अन्य थुप्रै नेताले यसरी घर मर्मत खर्च लिएका छन ।

नेता नेपालले आइतवार मात्रै हिमालयन टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा पत्रकार राजेन्द्र बानियाँसँग आफू आर्थिक र चारित्रिक रुपमा कँही कतै नचुकेको र राज्यकोषको दोहनमा नलागेको भन्दै अन्य नेताहरुको चरित्रहत्या गर्नुभएको थियो । घर हुँदाहुँदै मासिक ९ हजार रुपैयाँ बुझेको यो प्रमाणले नेता नेपालको असली चरित्र उदांगो पारिदिएको छ 

नेपालले प्रधानमन्त्री भएको समयबाहेक नियमित रुपमा अहिलेसम्म घर मर्मत खर्च लिँदै आउनु भएको हो । टेलिभिजन र पार्टीको बैठक तथा प्रशिक्षणमा अरुलाई अनैतिक, भ्रष्ट, चरित्रहीन भन्दै आफ्नो बखना गर्नुहुने बरिष्ठ नेता नेपालले घर मर्मत भनेर मासिक रुपमा नौ हजार लिएपछि तथ्य एकातिर, आरोप अर्कातिरको प्रमाण बाहिर आएको छ ।

नेता नेपालले आइतवार मात्रै हिमालयन टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा पत्रकार राजेन्द्र बानियाँसँग आफू आर्थिक र चारित्रिक रुपमा कँही कतै नचुकेको र राज्यकोषको दोहनमा नलागेको भन्दै अन्य नेताहरुको चरित्रहत्या गर्नुभएको थियो । घर हुँदाहुँदै मासिक ९ हजार रुपैयाँ बुझेको यो प्रमाणले नेता नेपालको असली चरित्र उदांगो पारिदिएको छ ।