काठमाडौं, मंसिर २९ । सरकारको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आयोजना गरेको बिरोध सभा र जुलुसमा बिभिन्न जिल्लामा प्रधानमन्त्री केपी ओलीको पक्षमा नारावाजी भएको छ ।
प्रधानमन्त्री ओलीको पक्षमा नारावाजी कुनै नियोजित रुपमा नभई कांग्रेसको जुलुसमा सहभागी भएकै जनताले स्वतःस्फूर्त रुपमा लगाएका हुन । जाजरकोटमा आयोजित बिरोध र्याली तथा जुलुसको क्रममा सहभागी सवैले एक स्वरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नारा लगाएका हुन । नारा जुलुससहित बिरोध सभामा सहभागी हुन आउने क्रममा सहभागीहरुले भने, ‘नेपाली कांग्रेस क्या भन्छ, केपी ओली ल्या भन्छ ।’
तनहुँमा नेकपाका नेता तथा सांसद किृष्णकुमार (किशान) श्रेष्ठको पहलमा निर्माण भएको पुल आफूले नै उदघाटन गर्नुपर्ने जिद्धीसहित पुग्नुभएका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडललाई प्रहरीले सुरक्षा दिने क्रममा केही घन्टा प्रहरी कार्यालयमा राखेको बिरोधमा कांग्रेसले आज देशब्यापी बिरोध प्रदर्शन आयोजना गरेको हो ।
देशभर आयोजित बिरोध कार्यक्रममध्ये जाजरकोटसहित झण्डै आधा दर्जन जिल्लामा कांग्रेसकै कार्यकर्तासमेतले केपी ओली जिन्दावादका नारा लगाएका हुन । यसरी ओलीकै पक्षमा नारा लगाउने जिल्लामा जाजरकोट, झापा, सुनसरी, रौतहट, सर्लाही, भोजपुर, काभ्रेलगायत रहेका छन ।
प्रतिक्रिया दिनुहोस्