काठमाडौं, मंसिर ३०
नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आज अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ । लिगअन्तर्गत पहिलो ६ खेल गुमाउने सन्दीपले त्यसपछिका खेल भने खेल्नुहुनेछ । बिहीबारबाट सुरु भएको बिग बास लिगमा सन्दीपको टोली होबार्ट हुरिकेन्सले घरेलु मैदानमा सिड्नी सिक्सर्ससँग जित निकालेको थियो ।
आज बिहान ११ बजे काठमाडौंबाट प्रस्थान गर्नुभएका सन्दीप बुधबार एडिलेट पुग्नुहुनेछ । त्यहाँबाट अस्ट्रेलिया पुगेपछि सन्दीपले १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यसपछि कोरोना परीक्षणपछि उनी टिमसँग जोडिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्