मोरङ, मंसिर ३०
भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको १६ लाखको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ । मोरङ सुनवर्षी नगरपालिका–७, गुद्री चोकबाट प्रहरीले ट्रयाक्टर बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी चौकी बरडंगाबाट गस्तीमा खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा चोरी पैठारी गरी ल्याउँदै गरेको १६ लाख मूल्य पर्ने ट्रयाक्टर बरामद गरेको हो । ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्