काठमाडौं, मंसिर ३०
नेपालमा कहिले काँही विचित्र हुन्छ । सभामुख दलको गुटको नेता भएर संवैधानिक परिषद्को बैठकमा नजाने, नेता किसानको पैसा नतिर्ने र पार्टी अनसनमा बस्ने यस्तो यस्तो कहिले काँही देख्न पाइन्छ ।
मंगलबार यस्तै एउटा विचित्र भएको छ । राजधानीमा आएर केही उखु किसानले आइतवारबाट माइतिघरमा प्रर्दशन गरिरहेका छन् । उनिहरुले बाँकी पाउनुपर्ने रकम दिलाईदिन सरकारसँग माग गरिरहेका छन् । किसानको आग्रहमा सम्वन्धित मन्त्रालयले कति रकम किसानले पाउन बाँकी भनेर उद्योगीसँग पनि परामर्श गरिरहेको छ । यसैक्रममा नेपाली कांग्रेसले उखु किसानको आन्दोलनमा समर्थन जनाएको छ ।
तर, बिडम्बना के छ भने, ति उखु किसानलाई रकम नदिने मिलका मालिक भने नेपाली कांग्रेसकै नेता छन् । कांग्रेस नेता वीरेन्द्र कनोडियाका दुई वटा उखु मिल रहेका छन् । महालक्ष्मी सुगर्स मिलका सञ्चालक कनोडियो कांग्रेसको प्रदेश–५ का संसदीय दलका उपनेता हुन् । महालक्ष्मीले किसानलाई दिन अझै २० लाख बाँकी छ ।
महालक्ष्मीका अनुसार किसानको खाता नभएकाले भुक्तानी गर्न नसकेको बताउदै आएको छ । यो विषय त किसानले जान्दा हुन्, आन्दोलन गर्न काठमाडौं आउन सक्ने किसानले बैंकमा खाता खोल्न सक्छ कि सक्दैन सम्वन्धित पक्ष नै जानुन् । तर, आफ्नो नेतालाई किसानको रकम तिराउन नसक्ने कांग्रेस सरकारलाई उनिहरुको माग पुरा गर भन्दै समर्थन जनाउन आउनुलाई के भन्ने ?
गत वर्ष कांग्रेस केन्द्रीय समिति बैठकले कनोडियालाई तुरुन्त पैसा तिर्न भनेको थियो । तर, सो रकम तिरे नतिरेको वा तिरेको भए कुन मितिमा कति रकम तिरेको भनेर केही पनि जानकारी गराएको छैन । किसानको आन्दोलनमा समर्थन जनाउनु राम्रो कार्य हो । तर, आफ्नै नेताले तिनुपर्ने रकम तिराउन पहल पनि गर्नुपर्ने होला नि ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको जानकारी अनुसार गत वर्ष करिव २ अर्ब किसानले पाउन देखिन्थ्यो । एक वर्षमा किसानले एक अर्ब रुपैयाँ भुक्तानी पाएको देखिएको छ । यद्यपी यसको प्रमाण जुटाउने काम भईरहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्