जनता टाइम्स

३० मंसिर २०७७, मंगलवार १४:५५

उखु किसानको पैसा नतिर्ने चिनी उद्योगीप्रति सरकार कठोर, पक्राउको तयारी शुरु


काठमाडौं, मंसिर ३०

सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीमाथी कठोर बन्ने निर्णय गरेको छ । एक वर्षभन्दा लामो समयसम्म पनि भुक्तानी नदिएपछि उनिहरुलाई पक्राउ सम्म गरेर भएपनि रकम असुल गर्ने भएको हो ।

मंगलबार गृह मन्त्रालयमा बसेको तीन सरोकारवाला मन्त्रालयको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको बताइएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो ।

बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजी पनि सहभागी थिए । पैसा नपाएपछि अहिले उखु किसानहरूले सडकमा आन्दोलन गरिरहेका छन् ।