जनता टाइम्स

३० मंसिर २०७७, मंगलवार १५:३१

सरकारले भुक्तानी नदिने चिनी उद्योगी पक्राउ गर्ने


काठमाडौं, मंसिर ३०

सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । आइतबारदेखि माइती घरमा उखुको मूल्य माग्दै किसानहरु प्रदर्शनरत रहेपछि आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार उखु किसानको समस्या हल गर्ने विषयमा छलफल भएको छ । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाललगायत उपस्थित रहनुभएको थियो ।