जनता टाइम्स

३० मंसिर २०७७, मंगलवार १५:४६

अफिमसहित एकजना पक्राउ


रुकुम पश्चिम, मंसिर ३०

रुकुम पश्चिममा लागुऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । सानो भेरी गाउँपालिका ३, गरेलाबाट २ केजी ७ सय ग्राम अफिमसहित सोही गाउँपालिका ६ कोट बस्‍ने ५३ वर्षीय गोरख कुसारीलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सिम्लीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।