जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार १९:४९

प्रदेश-२ सरकारको नीति तथा कार्यक्रम : हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने घोषणा (पूर्णपाठ)


धनुषा, जेठ १९
प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

चालु वर्षका चर्चित कार्यक्रमलाई निरन्तरता दिँदै केही महत्वाकांक्षी योजना थप गरी प्रदेश सरकारले नीति कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ भने बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।

१ सय ९१ बुँदामा समेटिएको नीति कार्यक्रममा हिन्दी भाषालाई सम्पर्क भाषाको रुपमा विकास गर्ने नीति अघि सारिएको छ । तराईमा बोलिने मातृ भाषालाई बाइपास गर्दै हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने नीति प्रदेश सरकारले लिएको हो ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

नीति तथा कार्यक्रम province 2-२०७६।०२।१८