जनता टाइम्स

१ पुष २०७७, बुधबार १२:२९

नेपाल सेवा लघुवित्त र विन लघुवित्त मर्जरमा जाने, नेप्सेमा कारोबार रोक्का


काठमाडौं, पुस १

नेप्सेमा सूचीकृत नेपाल सेवा लघुवित्त र विन लघुवित्त मर्जरमा जाने भएका छन् । नेपाल सेवा लघुवित्त र विन लघुवित्तबीच २०७७ मंसिर ३० गते मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गरेर दोस्रो बजारमा कारोबार भइरहेको नेपाल सेवा लघुवित्त र धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न बाँकी रहेको विन लघुवित्तले मर्जरमा जाने सहमति गरेका हुन् ।

सिन्धुपाल्चोकमा केन्द्रीय कार्यालय रहेको प्रदेश स्तरको नेपाल सेवा लघुवित्तको चुक्ता पुँजी ६ करोड १५ लाख रुपैयाँ छ । त्यस्तै धादिङमा केन्द्रीय कार्यालय रहेको प्रदेशस्तरकै विन लघुवित्तको चुक्ता पुँजी एक करोड ४६ लाख रुपैयाँ छ ।