जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार ०६:४९

लगानी बोर्डका निर्णय समयमै कार्यान्वयन गर्न प्रधानमन्त्रीओलीबाट निर्देशन


काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका निर्णय समयमै प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतवार साँझ सम्पन्न ३८औँ बैठकलाई सम्बोधन गर्दै बोर्डका अध्यक्षसमेत रहनुभएका उहाँले बोर्डका निर्णयहरु छिटोछरितो ढङ्गले कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

बोर्डले एकपछि अर्को विकासका योजना ल्याउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले बोर्डलाई काम गर्न कुनै अवरोध भएमा त्यसलाई हटाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “आवश्यक भए ऐन कानून संशोधन गर्नुहोस् वा जनशक्ति थप गर्नुहोस् तर बोर्डले काम नियमित रुपमा गर्नुपर्छ ।”