काठमाडौं, पुष १
संवैधानिक परिषद्को बैठक नबसेको १३ महिना भन्दा बढि भएको छ । यो १३ महिनाको अवधिमा दलका नेताहरुबीच भागबण्डा नमिल्दा तीन आयोगका अध्यक्षसहित ५२ सदस्य पद रिक्त अवस्थामा छन् ।
आफुले भनेका मान्छेलाई नियुक्ति नपाउने भएपछि प्रमुख प्रतिपक्षी दलले विगतदेखी नै पटक पटक बहिष्कार गर्दै आएको छ । पछिल्लो समय नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आफ्ना प्रिय पात्र सभामुख अग्नी सापकोटालाई बैठकमा नजान उर्दि जारी गर्नुभएको छ । नेपालको इतिहासमा यति निर्लज्ज अवस्था आएको यो पहिलो पटक हो । दलिय भागबण्डाभन्दा माथी उठेर निर्णय गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आवाज उठेपछि सो पक्ष खुलेरै बैठकमा उपस्थित नहुने भन्दै आएको छ ।
संवैधानिक परिषद्जस्तो बैठकमा संविधान कै गरिमाय पदमा रहेका अग्नी सापकोटाले पदिय दायित्व भुलेर कार्यकर्तास्तरमा उत्रिनुलाई पूर्वसभामुखहरुले पनि मुख छोपेर लाज मानेका छन् । लामो समयदेखी पद रिक्त राख्दा अन्तराष्ट्रियस्तरमा पनि नेपालमाथी प्रश्न उठ्न सक्छ । मानवअधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख नै छैनन् । यस्तो अवस्थामा पटक पटक बैठक बोलाउदा पनि ‘पहिले मेरा मालिकसँग कसलाई नियुक्ति दिने भनेर सहमति गर अनिमात्र आउछु’ भन्ने जस्ता हर्कत गरिमामय पदबाट आउनु दुखद भएको नेकपाकै नेताहरु बताउछन् ।
परिषद्को शुरुको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुदै आउनु भएको थियो । ‘भागबन्डा खोज्दै’ उहा अनुपस्थित भएपछि बाध्य भएर प्रधानमन्त्री ओलीले केही विश्वविद्यालयको पदाधिकारीमा नियुक्ति समेत दिनु भएको थियो । तर, देउवा अनुपस्थित हुदै आउनु भएकोमा पछिल्लो पटक सभामुख सापकोटा पनि यो लाइनमा जोडिनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्