काठमाडौं, पुष १
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सकिएको छ । बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्वन्धि अध्यादेश र संसदको विशेष अधिवेशन बोलाउने निर्णय फिर्ता लिने सर्वसम्मत रुपमा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाका अनुसार बैठकमा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीले हिजो बसेको संवैधानिक परिषद्को बैठकले कुनै निर्णय नगरेको जानकारी बैठकलाई गराउनु भएको बताइएको छ । बैठक पुष ५ गतेसम्म स्थगित भएको छ भने केन्द्रीय कमिटीको बैठक पनि सरेको छ । पुष ५ गते बोलाइएको केन्द्रीय कमिटीको बैठक १० गतेसम्म सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
स्थायी कमिटी अगाडी दुई अध्यक्षबीच चार बुँदे सहमति बनेपछि नेकपाको विवाद साम्य भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भदौ २६ गतेको स्थायी निर्णयमा फर्किने, अध्यादेश र विशेष अधिवेशन बोलाउने माग फिर्ता गर्ने र पुष ५ गते बस्ने स्थायी कमिटी बैठकमा सयुक्त प्रस्ताव लैजाने सहमति बनेको छ ।












प्रतिक्रिया दिनुहोस्