काठमाडौं, पुस २
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेताहरूको दोहोरो चरित्रले उखुको रकम नतिरेका व्यवसायीलाई कारवाही गर्न अप्ठेरो परेको बताउनुभयो । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले कुन उद्योगीलाई पक्राउ नगर्नू भन्दै कुन नेताले फोन गरे भन्ने चाहिँ खुलाउनुभएन । नेताहरूले सामाजिक सञ्जालमा किसानको पक्षमा आफ्ना धारणा राख्ने तर आफूलाई फोन गरेर ३–४ दिनमै तिर्छु भनेको छ अहिले पक्राउ नगरिदिनू है भनेर भन्ने गरेको सुनाउनुभयो ।
‘किसानको रकम भुक्तान नगर्ने व्यवसायीलाई कारबाहीको तयारी हुँदा नेताहरूले ३–४ दिनमा तिर्छु भनेको छ अहिले कारबाही नगरिदिनूहोला है भन्नुहुन्छ ।’ उहाँले भन्नुभयो,‘ट्विटरमा फेरि सरकारकै विरोध गरेर किसानलाई रकम किन नदिएको भन्नुहुन्छ । अनि मलाई फोन गरेर फलानो उद्योगी नपक्र भन्ने यो कस्तो चरित्र ?’
प्रतिक्रिया दिनुहोस्