काठमाडौं, पुस २ । ‘खबरदार ! पार्टी फुटाउन पाइदैन, पार्टी फुटे अपार जनातको मन रुन्छ त्यसैले पार्टी फुटमा होइन, जुटेरै अघि बढ्नुपर्छ,’ शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन खबरदारी गर्दै स्थानीयले सरकारको साखः जोगाउन आग्रह गरेका थिए । चन्द्रागिरी नगरपालिका १ वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुग्नुभएका मन्त्री श्रेष्ठलाई पार्टी फुटाउदा कार्यकर्ताको केही जादैन तर नेताको पद र सेवा सुविधा गुम्ने त होला नि भन्दै व्यंग्य गरेका थिए ।
सो क्रममा मन्त्री श्रेष्ठले पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको बताउनुभयो । भन्नुभयो, ‘तपाईहरु ढुक्क हुनुहोस, हामी कुनैपनि हालतमा पार्टी फुट्दैन, फुट्न पनि दिदैनौं,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकार पुरै अवधी टिक्नेछ ।’ उहाँँले जनताको चाहनाअनुसार विकास निर्माणको कामले तिब्रता लिएको उल्लेख गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताउनभयो ।
‘मैले तपाईहरुले उल्लेख गरेको विषयलाई पार्टीको उच्च तहमा पुर्याउने छु,’ जनताको भनाई सुनेपछि मन्त्री श्रेष्ठले भन्नुभयो, ‘आम कार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनै पनि हालतमा फुट्न दिदैनौं ।’ उहाँले सरकार र पार्टीबीच कुनै असमझदारी नरहेको स्पष्ट पार्दैै यदी त्यसो हुन गए खबरदारी गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा वागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडा र सो क्षेत्रको विकासका योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले अबको समय विकास निर्माणको समय भएको बताउदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले विकासको कामलाई तिब्रता दिएको छ, यसलाई निरन्तर रुपमा अघि बढाउनुपर्छ ।’ उहाँले स्थानीय निकायका पदाधिकारीले पनि विकास निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्