जनता टाइम्स

२ पुष २०७७, बिहीबार १८:१३

मुख्य प्रशिक्षक : १२ जनाको प्रतिस्पर्धाबाट छानिए वाटमोर


काठमाडौं, पुस २

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ ९क्यान० आज वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । नेपालमा क्षमतावान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविश्य उज्जल भएकाले वाटमोर नयाँ चुनौतीका लागि तयार भएको उहाँका म्यानेजर कौश्तभ लाहिरीले बताउनुभयो । प्रशिक्षकका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा रहेका थिए । मूख्य प्रशिक्षकको लागि पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ लगायतले पनि अन्तर्वार्ता दिनुभएको थियो ।