जनता टाइम्स

३ पुष २०७७, शुक्रबार ०७:१७

शुक्रबार र शनिबार काठमाडौंका यी ठाउँमा ३ घण्टासम्म बत्ती जाने


काठमाडौं, पुस ३

शुक्रबार र शनिबार काठमाडौंका विभिन्न ठाउँमा केही समयका लागि बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बालाजु सबस्टेशनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकोले यस सबस्टेशनबाट वितरित क्षेत्रमा आजशुक्रबार र भोली शनिबार बत्ती जाने भएको हो ।

शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा र शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म तीन घण्टा बत्ती जाने भएको हो । जडान कार्य गर्नुपर्ने हुँदा बालाजु औद्योगिक क्षेत्र १, बालाजु औद्योगिक क्षेत्र २, ढुङ्गेधारा, महाराजगञ्ज २, नयाँ बजार र धर्मस्थली फिडरहरू शटडाउन हुने प्राधिकरणको जनाएको छ ।