जनता टाइम्स

३ पुष २०७७, शुक्रबार १०:१२

काठमाडौंमा आज विहानको तापक्रम सबैभन्दा न्युन


काठमाडौं, पुष ३

काठमाडौं उपत्यकामा आज विहान यो वर्षकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम १.६ डिग्री सेल्सियसमा झरेको छ ।

आजको अधिकतम तापक्रम भने १८.३ डिग्री सेल्सियस रहेको छ । यस्तै दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने बताइएको छ । देशका अधिकांश स्थानहरूको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने अनुमान गरिएको छ ।

आगामी २४ घण्टाको अनुमानअनुसार देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन विभागले अनुरोध गरेको छ ।