जनता टाइम्स

३ पुष २०७७, शुक्रबार १२:४३

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा


काठमाडौं, पुष ३

हत्या अभियोग लागेका सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध अदालतको अवहेलना गरेको सम्बन्धी मुद्दाको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ ।

हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाई संवैधानिक पूर्ण इजलासमा हुन लागेको जनाएपनि त्यसलाई हेर्न नभ्याइनेमा राखिएको सर्वोच्च अदालतको बेभसाइटमा उल्लेख छ । काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा सापकोटासहित सूर्यमान दोङलगायतका नेताविरुद्ध पूर्णीमायाले दागर गरेको रिट निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश २२ भदौ ०७२ मा तत्कालिन प्रधानन्यायाधीश सुशील कार्की र ओमप्रकाश मिश्रको इजलासले गरेको थियो।

संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएको सहित तीन थान मुद्दा छन् । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् । सापकोटा सञ्चारमन्त्री रहेका बेला ‘हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकीर गर्दै ६ असार २०६८ मा कनकमणि दीक्षित सहितले अवहेलना मुद्दा दायर गरेका थिए ।

११ मंसिर २०६९ मान्यायाधीश वैधनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि उक्त मुद्दामा सुनुवाइ हुन सकेको थिएन । सर्वोच्चको उक्त आदेशपछि काभ्रे प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ सर्वोच्च अदालतलाई दिँदै आएको छ । सर्वोच्चले काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न भए नभएको अनुसन्धान गर्न र संलग्न भएको भए पक्राउ गर्न ६ असार ०६८ मा आदेश दिएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरू दिपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ रहनु भएको छ ।