गणतन्त्रबिरोधीसँग प्रचण्ड–माधवको गठबन्धन, ओली सरकारमै नियुक्ति दिलाएर ज्ञानेन्द्र भक्तिको प्रमाण
काठमाडौं, मंसिर ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार इमान र चरित्रको भाषण गरेर कहिल्यै थाक्नु हुन्न । उहाँले अधक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका पक्षमा लाग्नेहरुलाई चोर र डाँकाहरुको समुहसम्म भन्न भ्याउनु भएको छ । तर आफैले भने पूर्वराजा ज्ञानेन्द्रका बिशेष पात्रलाई केपी ओलीकै सरकारमा महत्वपुर्ण नियुक्ति दिलाएको रहष्य खुलेको छ । तात्कालिन राजा ज्ञानेन्द्रलाई दाम चढाउन जाँदा बिशेष चिनजान भएकै आधारमा बरिष्ठ नेता नेपालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई फोन गराएर बनमन्त्री शक्ति बस्नेतमार्फत महत्वपुर्ण नियुक्ति दिलाउन सफल भएको तथ्य बाहिर आएको हो ।
जनआन्दोलनको बिरुद्ध लागेर तात्कालिन राजा ज्ञानेन्द्रलाई सूचना दिने पूर्वएमाले र पूर्वमाओवादीतिर साइनो सम्बन्ध नै नभएका संखुवासभातिरका शरदचन्द्र अधिकारीलाई बरिष्ठ नेता नेपालले ओली सरकारकै बदनाम हुने गरी राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा नियुक्ति दिलाउनु भएको हो । अधिकारीलाई प्रचण्ड र माधवको निर्देशनमा कोषका अध्यक्षसमेत रहनुभएका बनमन्त्री बस्नेतले नियुक्त गर्नुभएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा नियुक्त अधिकारीको नेकपासँग कुनै साइनो सम्बन्ध छैन । बिधि र पद्धति तथा योग्यता र क्षमताका हिसावले पनि नियुक्त गर्नुपर्ने कुनै आधार छैन । नियुक्तिको एउटै आधार छ, आर्थिक लेनदेन ।
स्रोतका अनुसार बरिष्ठ नेता नेपालले बनमन्त्री शक्ति बस्नेतलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डकै फोन गर्न लगाएर नियुक्ति दिलाउन सफल हुनुभएको छ । ‘माधव नेपालले जसरी पनि नियुक्ति हुनैपर्यो भनेर प्रचण्डमार्फत बन मन्त्रीलाई नियुक्त गर्न निर्देशन दिन लगाउनु भयो, प्रचण्डले बनमन्त्रीलाई नियुक्ति गरेर जानकारी दिनु भन्ने निर्देशन भयो,’ बन मन्त्रालय स्रोतले जनताटाइम्ससँग भन्यो । सदस्य सचिवका लागि बनमन्त्री बस्नेतलाई भेटन जाँदा अस्वीकार गरेपछि नेता नेपालले पर्यटनमन्त्री योगेश भट्टराईलाई समेत बनमन्त्री बस्नेतको निवासमै भेटन पठाएर अधिकारीलाई जसरी पनि नियुक्ति दिलाउन भन्न लगाउनु भएको थियो ।
‘पर्यटनमन्त्रीले बनमन्त्रीसँग माधव नेपालले जसरी पनि गर्नुपर्यो, पहिलादेखि नै मेरो बिशेष मान्छे हो भनेर दवाव दिनुभएकोले पर्यटनमन्त्री बनमन्त्रीलाई भन्न जानुभएको हो, बनमन्त्रीले पनि प्रचण्डबाटै आदेश आएपछि जेसुकै होस भनेर नियुत्तः गर्नुभएको हो, उहाँको चिनजानको मान्छे हुँदै होइन,’ बनमन्त्रालयका एक बरिष्ठ अधिकारीले जनताटाइम्ससँग भने । उनका अनुसार इतिहासमै कलंक पोत्ने भयो भन्दै बनमन्त्री बस्नेत केही समय निकै तनावमा बस्नुभएको थियो । तर अहिले नेकपाभित्र तनावको अवस्था अधिकारीलाई नियुक्ति दिनुभएको हो । माधवले नियुक्ति दिलाउनु भएका अधिकारी नेकपाका कुनै पनि कमिटीमा छैनन ।
अधिकारी नेकपा एमालेमा पनि कुनै कमिटीमा थिएनन । बनमन्त्री बस्नेतलाई भने पूर्वएमालेमा सवैभन्दा इमान्दार युवा नेता भन्दै बरिष्ठ नेता नेपालले भन्न लगाउनु भएको थियो । अधिकारीलाई नियुक्ति दिलाएपछि माधव नेपालको आर्थिक, नैतिक, चारित्रिक सवै कुरा उदांगो भएको उहाँ निकट संखुवासभातिरकै कार्यकर्ताले नै निश्कर्ष निकालेका छन । गणतन्त्रबिरोधीलाई कम्युनिष्ट सरकारमा नियुक्ति दिलाएर माधव नेपालले ब्यवस्थाप्रतिकै गद्दारी गरेको उनीहरुको भनाई छ । उनीहरुले शुक्रवार माधव नेपाललाई नै भेटेर तपाईं पनि लेनदेनको नियुक्तितिर लाग्ने भन्दै कठोर प्रश्न गरेका छन ।
अधिकारीको नियुक्तिलाई लिएर संखुवासभातिरका नेपालकै कार्यकर्ताले घरमै पुगेर सोधे, ‘तपाईंको पनि इमान हराएको प्रमाण त सडकै आइपुग्यो नि कामरेड, यति धेरै नांगो किन बन्नुभयो ?’ माधवले नियुक्ति दिलाएका अधिकारी पूर्वराजा ज्ञानेन्द्रको पालामा राजतन्त्र जिन्दावादको नारा राखेर पुस्तक लेख्ने पात्र हुनुहुन्छ भने एमाले बिभाजनपछि मालेको मुखपत्र नवआवाजमा काम गर्दा पैसा उठाएर खाएको भन्दै निकालिनु भएको थियो । अधिकारी पूर्वराजा ज्ञानेन्द्रसँगै बरिष्ठ पत्रकार युवराज घिमिरेको बिशेष प्रिय पात्र पनि हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्