काठमाडौं, पुष ४
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद बढ्नुमा शिर्ष नेतालाई सम्मान नदिएको गुनासो व्यापक सुन्ने गरिएको छ । स्वयम नेताहरुले पनि टेलिभिजनमा सार्वजनिक रुपमा गुटका भेलामा भन्ने गर्नुभएको छ ।
जसले गर्दा नेकपा अहिले पार्टी फुट्ने कि सहमतिमा फर्किने भन्ने दुई विकल्पमा अल्झिरहेको छ । यसैक्रममा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको गुनासोपछि प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली उहालाई भेट्न खुमलटार पुग्नु भएको छ । विशेषगरी शुक्रबार साँझको भेटमै प्रधानमन्त्री ओलीले प्रचण्डलाई भोली विहान तपाईलाई भेट्न तपाइकै निवासमा आउछु भनेर जवाफ दिनु भएको थियो ।

अधिकाशं भेटमा प्रचण्डले म मात्रै कति आउनु भेट्न तपाई नि मलाई भेट्न आउनु भनेर गुनासो राखेपछि ओली खुमलटार पुग्नु भएको छ । खुमलटारमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद र संवैधानिक पदमा रिक्त रहेको विषयमा कसरी सहमति जुटाउने भनेर छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओली यसअघि प्रचण्ड निवासमा प्रकाश दाहालको पहिलो वार्षिकीको दिन पुग्नु भएको थियो । त्यसपछि पहिलो पटक उहाँ त्यहा पुग्नु भएको हो । पार्टीमा दुवै अध्यक्षका अभियोग र प्रतिअभियोपत्र फिर्ता गराएर सहमतिमा फर्काउँन वामदेव गौतमसहित दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराई सक्रिय रहेका बेला ओली प्रचण्ड निवासमै गइरहेका बेला प्रधानमन्त्री पनि पुग्नु भएकोलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।












प्रतिक्रिया दिनुहोस्