काठमाडौं, पुष ४
सरकारले उखु किसानको बक्यौता रकम नतिर्ने उद्योगका बैंक खाता लगायतका सम्पत्ति रोक्का गर्ने तयारी गरेको छ । किसानको बक्यौता रकम फिर्ता गर्न बारम्बार निर्देशन दिएपनि अटेरी गरेकाले सो तयारी गरिएको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले बताउनुभयो ।
आइतबारसम्म रकम फिर्ताको कुनै पहल नगरे कारवाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरिएको मन्त्री भट्टले जानकारी दिनुभयो । करिव ९० करोड रुपैयाँ भुक्तानी पहलका लागि दवाब दिन उखु किसान एक साता देखि आन्दोलनमा छन् । सो अवधीमा उद्योगीले १६ करोड ४२ लाख ७० हजार रकम भुक्तानी गरी सकेको मन्त्री भट्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्